ब्राजिलमा कोरोन सङ्क्रमणको संख्या ४० लाख नाघ्यो

एजेन्सी

शुक्रबार, भदौ १९, २०७७
कोरोना महामारीका कारण दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ४३ हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेसँगै ब्राजिलमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ४० लाख ६१ हजार ६ सय नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ब्राजिलमा ८ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २४ हजार ६ सय नाघेको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमणको दरमा वृद्धि हुने क्रम अझै जारी रहेकाले सबैलाई स्वास्थ्य सावधानी अपनाउन भनेको छ । अमेरिकापछि ब्राजिलामा सबैभन्दा धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस