राष्ट्रियसभा सांसद बन्‍ने तर गौतम मन्त्री बन्‍न नपाउने

फिल्को मिसन

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं । बिहीबार बसेको सत्तारुढ नेकपा सचिवालय बैठकले यस अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै पार्टी उपाध्यक्षलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्‍यो। वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयसँगै अर्थमन्त्री खतिवडाको बिदाई हुने छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुनः ६ महिनाका लागि मन्त्री बनाइयो। यसपटकको मनोनित अवधि पनि भदौ २० मा सकिँदैछ ६ महिनाका लागि भने संघीय संसद्को सदस्य नभएको व्यक्ति पनि नेपालको संविधानको धारा ७८ ९१० लाई टेकेर मन्त्री बन्न सक्ने व्यवस्था छ। खतिवडाको कार्यकाल भदौ २० मा सकिँदै छ। राष्ट्रियसभामा एक पद खाली भएकोले त्यस ठाउँमा गौतमलाई मनोनीत गर्नका लागि सिफारिस गर्ने निर्णय भयो। पछिल्लो छ महिना यता अर्थमन्त्री खतिवडा राष्ट्रियसभाको सदस्य नभई मन्त्री भएका हुन्। सरकारका प्रवक्तासमेत रहेका खतिवडालाई २०७४ फागुन २१ मा पहिलो पटक संविधानको धारा ८६९२० बमोजिम राष्ट्रियसभाको सदस्य मनोनित गरिएको थियो। गोला प्रथाद्वारा छानिँदा राष्ट्रियसभाका लागि खतिवडाको कार्यकाल जम्मा २ वर्षका लागि मात्रै भयो। उनको कार्यकाल २०७६ फागुन २० मा सकियो। यही धारा अनुसार पछिल्लो ६ महिनाका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्री बनाएका थिए। वामदेव मन्त्री बन्न पाउँदैनन् १ ठूलो जोडबल पछि बल्लतल्ल सांसद बन्ने पक्का भएका गौतम मन्त्री बन्न भने संविधानले छेकेको छ।

प्रतिक्रिया दिनुहोस