जडिबुटी चोरी गर्ने दुई जना पक्राउ

दाने बोहरा

शनिबार २०,भदौ २०७७
सिमकोट। जिल्लाको खार्पुनाथ गाउँपालिका वडा तीन राया मौरी सामुदायिक वनबाट जडिबुटि चोरी निकासी गर्ने दुइ जनालाई पक्राउ गरीएको छ । वडाध्यक्ष गुलम रावलको नेतृत्वमा उक्त वन क्षेत्रबाट जडिबुटी चोरी गर्ने दुई जना सहित चार क्विन्टल जटामसि नियन्त्रणमा लिएको स्थानीय वकिल बुढाले जानकारी दिनुभयो ।
राया मौरी सामुदायिक वनमा लामो समय देखि जडिबुटी निकासी गर्न बन्द गरेको समयमा छिमेकी गाउँ थालीका दुई जनाले चोरी निकासी गरीरहेको समयमा वडाध्यक्ष रावलको नेतृत्वमा वन अवलोकन गर्न गएको टोलीले चोरी गरिएको अवस्थामा भेटाएर पक्राउ गरीएको स्थानीय बुढाले बताउनुभयो ।  उक्त वन क्षेत्रमा जडिबुटी निकासीमा रोक लगाउनुका साथै वन क्षेत्र प्रवेशमा समेत रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस