गृहजिल्लामा पुगेर मन्त्री रावलले अग्नी पिडित लाई राहत वितरण

अर्जुन बोहरा

शनिवार, २० भदौ, २०७७
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आगलागी पिडितहरुलाई परिवारलाई राहत वितरण गर्नु भएको छ । आगलागीबाट भएको क्षतीका बारेमा चिन्ता नमान्न आग्रह गर्दै मन्त्रि रावलले प्रदेश सरकारले अग्नी पिडितका घरबनाउने वाँचा समेत गरेका छन ।
आगलागी पिडितहरुलाई प्रदेश सरकारकोतर्फ बाट प्रदान गरिएको राहत सामाग्री हेलिकोप्टरमा लिएर रोडिकोटको ठूलागाउँमा पुगेर मन्त्री रावलले राहत वितरण गरेका छन । सुख र दुःखमा साथ दिनकै लागी हामीलाई तपाईहरुले अमूल्य भोट दिएर निर्वाचित गराउनु भएको छ ।अग्नी पिडिहरुलाई संवोधन गर्दै उनले भने,हामी तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्न आग्रह गर्नु भएको छ ।आगलागीमा मानविय क्षती नहुनु सुखत पक्ष भएकाले अब आगालगी बाट पूर्ण क्षती भएका ६ घर परिवार र आंशिक क्षती भएका ९ घर परिवारका लागि तत्काल प्रदेश सरकारले प्रारम्भीक राहत दिएको छ ।
स्थानीय सरकार, प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका रावलले आगलागी पिडितहरुको स्थायी व्यवस्थापनका लागि तिन तहको सरकारले सहयोग गर्ने बताए । हेलिकोप्टरबाट मन्त्री रावलले अग्नी पिडितहरुका लागि २० थान त्रिपाल, १०० थान कम्मल, ७ थान भाँडा सेट, ८० थान म्यट्रेस, २५ थान हाइजिन किड्स,२५ २५ थान प्लाष्टिकको कबाल्टीन र गज वितरण गरेका छन् ।
त्यसैगरी प्रदेश सरकारको तर्फबाट मन्त्री रावलले१०० किलो दाल, ५० किलो नुन, ४६ जोर कपडा,४० पोका खाने तेल, र ४४ बोरा चामल वितरण गरेको छ । आगालगी भएको चार दिन पछि मन्त्री रावल आज आगलागी स्थल पुगेका हुन् । बुधबार राती लागेको आगा स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षती भएको छ ।
तत्काल खान र बस्न समइा भएकाहरुका लागि स्थानीय सर्केघाड गाउँपालिकाले बिहिबार राहत प्रति घर १२ हजारको दरले राहत वितरण गरेको सर्केघाड १ का वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए । देशभर बाढी र पहिरो गएको बेला रोडिकोटमा भिषण आगालागी भएर ठूलो क्षती हुनु दुःखत भएको मन्त्रि रावले बतायउनु भयो ।

प्रतिक्रिया दिनुहोस