कोरोनाका कारण २४ घण्टामा थप ९ जनाको मृत्यु

फिल्को मिसन

आईतबार २१भदौ २०७७
कोरोना सङ्क्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले मृतकमा २ जना महिला र ७ जना पुरुष रहेको बताउनुभयो । मृत्यु हुने महिलामा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया रहेका छन् । त्यसैगरी कोरोना सङ्क्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ४५ वर्षीया, पर्साका ७७ वर्षीया, धनुषाका ३५ वर्षीया, चितवनका ७० वर्षीया र काठमाडौँका ७४, ६८ र ८५ वर्षीया रहेका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस