उपत्यकामै ३ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

फिल्को मिसन

आईतबार २१भदौ २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २सय९०, ललितपुर र भक्तपुरमा ३२÷ ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३सय ८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिलो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आज सम्म कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २सय १ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८सय२६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस