सर्केगाढ गाउँपालिकामा एक दिने कृषि मेला प्रदर्शनी सम्पन्न

शुक्रकार, २६भदौ, २०७७
हुम्ला, सर्केगाढ गाउँपालिका आयोजना गरिएको एक दिने कृषि मेला प्रदर्शनी सम्पन्न भएको छ । लामो समयदेखि व्यावसायिक रूपमा कृषि पेशामा काम गर्दै आएका सर्केगाढगाउँपालिका १सय ४० जना कृषकले आफना उत्पादन लाई दर्ता गरेका छन ।
सर्केगाड बजारमा शुक्रबार सम्पन्न एक दिने कृषक मेला प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये २५ वटा खाद्यान्न तथा तरकारी बाली, फलफूल, आलु, तेलहनर दलहनर नगदे बाली र विविध बाली समूहका उत्कृष्ट किसान छनोट गरेर पुरस्कृत गरिएको छ ।
सर्केगाढ गाउँपालिका कृषि शाँखा र महिला कल्याण सेवाको आयोजना गरिएको महिला कल्याण कार्यकाक्रम संयोजक पदम हमाले बताउनु भयो ।
गाउँपालिका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कृषि मेला प्रदर्शनीमा खाद्यान्न बालीमा मार्सेमा जयपुरी थापा पहिलो,पिडालुमा हिराकली शाही दोस्रो र स्याउमाा गोहिधी फडेराले तेस्रो स्थानमा पुरस्कार प्राप्त गरेका छन् । पुरस्कार प्राप्त गर्नेमा पहिलो ३हजार,दोस्रो २हजार र तेस्रोमा १५ सय प्राप्त गरेको सर्केगाढ गाउँपालिका कार्यालयले श्रोतले जानकारी प्राप्त भएको छ।
गाउँपालिकास्तरीय कृषि मेला एवं औधोगिक प्रदर्शनीकै निरन्तरता स्वरुप दोश्रोपटक कृषि मेला प्रदर्शनी गरिएको हो । प्रदर्शनीको आयोजना सर्केगाड गाउँपालिका कृषि शाँखा र महिला कल्याण सेवा कार्यालय संयुक्त सहकार्यमा गरिएको हो