बाजुरा र हुम्लाका केहि बाढी पीडितलाई राहत वितरण

शनिबार २७ ,भदौ २०७७
गएको केहि हप्ता अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण बाजुरा र हुम्लाका प्रभावित परिवारलाई स्थानीय युवा थिन्लेदोर्जे लामाले राहत वितरण गरेका छन्।
बाजुराको गउमुल गाउँपालिका १ अजेटर्की गाउँका १५ घरधुरी लाई एक कटा चामल नाम्खागाउँपालिका ३ लामा खोल्सीका स्थानीय युवा थिन्लेदोर्जे लामाले वितरण गरिएको बाजुराको गउमुल गाउँपालिका १ वडा कार्यलयले जानकारी दिएको छ। त्यहाँ करिब १५ घर परिवारलाई रु ४हजार बराबरको राहत साम्रगी वितरण गरिएको बताइएको छ ।
नाम्खा गाउँपालिका ३खोल्सी गाउँका समाजसेवी थिन्लेदोर्जे लामाले बाजुरमा पुगेर बाढी प्रभावित क्षेत्र गउमुल गाउँपालिका १ अजेटर्की गाउँ परिवालाई खाद्यन्न वितरण गरेको र हुम्लाको ताँजकोट गाउँपालिकाका बाढि पीडित परिवारलाई १सय २० कटा खाद्यन्न आइपुगेको जानकारी दिएका छन ।
सिमकोट बाट चार दिन लगाएर बाजुराको गउमुल गाउँपालिमा पुगेर पुगेर प्रतिनिधी सभाका संसद हुम्लाका छक्क बाहादुर लामा सहकार्यमा राहत वितरण गरेको लामले बताउनु भयो ।