वर्णव्यवस्था दलितका लागि वरदान कि अभिशाभ

फिल्को मिसन
 राजेन्द्र परियार

राजेन्द्र परियार

शनिबार २७,भदौ २०७७

नेपालमा वर्णव्यवस्थाका बारेमा विभिन्न टिकाटिप्पणि र भनाईहरु भनिने र सुनिने गरेका भएपनि मानव विकाससँगै विभिन्न सभ्यताको विकास र जात व्यवस्था अर्थात वर्ण व्यवस्थाको पनि विकास भएको पाईन्छ । विशेष गरि ई.पु. ३२०० भन्दा पछि विभिन्न सभ्यताहरु जस्तैः युराल पर्वतको सभ्यता , सिन्धुघाटीको सभ्यता आदी सँगै वर्ण व्यवस्थाको सुरुवात भएको मानिन्छ । यसरी विकास हुँदै आएको वर्ण व्यवस्था दक्षिण एसियामा पनि प्रवेश गर्यो र तिव्र रुपले फैलिदै गयो । कतिपयले नेपालमा  जयस्थिति मल्ल ले कतिपयले राम शाह ले जात व्यवस्था को सूरुवात गरेको भन्ने गरिन्छ तर सत्य त्यो होईन ।ईतिहासलाई नियालेर हर्ने हो भने, नेपालका सबैजसो ठाउँमा दलितहरु काम गर्ने हलि वा भरियाको रुपमा प्रयोग हुने गर्दछन् । ग्रामिण भेगका पहिलेका मानिसहरुका सन्दर्भमा भन्ने हो भने , दलितहरु बाह्रैमास कथित उपल्लो जातका भनिने (शाषकहरु नै भन्छु म) मानिसहरुको काम गरेर जिवन निर्वाह गर्नुपर्ने                बिवशतामा छन् । शाषकहरु आफ्ना छोराछोरी लाई स्कुल पठाउने दलिहरुका छोराछोरी लाई आफ्नो जिमि जग्गाको काममा लगाउने गर्थे । ति कमैयाहरु जो बाह्रैमास उनिहरुको हलि बनेर बसेका हुन्छन काम गरेबाफत एक छाक खाना र बताएर धारमा लागेको अन्न दिएर चित्त बुझाउने गर्दथे ।

सबै महिलाहरु यसरी जिमि जग्गाको काम गर्थे भने पुरुषहरु कोहि लुगा सिलाउने, कोहि फलामको काम गर्ने , कोहि छालाको काम गर्ने त कोहि सुनको काम गर्ने गर्दथे । यसो गरेबाफत कथित उपल्लो जातका भनिने शाषकहरुले त्यहि कहिले बासि खाना त कहिले कानो अन्न दिएर चित्त बुझाउने गर्दथे । यसो गर्दा दलितहरु सँधै नै उनिहरुका दासि मात्र भईरहे , जसको परिणाम यो वर्ण व्यवस्था दलितको विकास र चेतनाको बाधकको रुपमा खड्किरह्यो । दलितहरु सँग पैसा नहुने जसले गर्दा बाहुन क्षेत्रिहरुको हलिया बन्न बाध्य भए पढ्न सकेनन् । दलितहरुसँग पैसापानी धन सम्पति नहुनुको मुख्य कारण भनेकै कथित उपल्लो जातिका मानिसहरुको दबाब , दोहन र शोषण नै थियो ।

त्यसेले नै दलितहरु सयौँ वर्ष सम्म पनि जहाँको त्यँहि रहेको स्थिति छ । दलितका छोरा लाई बाजा बजाउन हलो जोत्न सिकाउने गरियो , जसबाफत बासि भात वा जौ को पिठो ज्याला दिने गरिन्थ्यो । गाउँका शाषकहरु दलितका छोरी चेलि लाई जिस्काउने , ईज्जतमाथि खेल्ने यदि यो कुरा कतै थाहा भयो भने उल्टै फलानी दमीनि वा कामिनी ले हाम्रो ईज्जतमाथि हात हालि भनेर जरिवाना लगाउने गरिन्थ्यो ।
तर यदि कुनै दलितको छोराले उनिहरु कि छोरी चेलि हरु लाई प्रेम विवाह गर्छु भन्योे भने ज्युँदै मारेर खोलामा फाल्ने चलन थियो र जुन हालसम्म पनि झन निरुत्साहित हुनुपर्नेमा प्रसय पाउँदै गएको अवस्था सर्वबिधित छ ।

दलितलाई कुनै सामाजिक प्रतिष्ठाको पद धारण गर्न दिईदैनथ्यो कुनै भेला, बैठक , सभा , समारोह मा त झन जाने कुरै भएन किनकि दलितहरु अछुत हुन्थे । दलितका घरमा राम्रो कपडा , राम्रो सामान केहि हुनुभएन यदि त्यस्तो भयो भने राम्रो जति सबै उनिहरुलाई बुझाउनु पथ्र्यो । दलितहरु प्रायजसो घरमा खाने लाउने जटिल अवस्थाकै कारण जब हिउँद लाग्छ तब गाउँभरिका दलित दाजुभाईहरु मिलेर सामलपानी जम्मा पारी करिब २÷३ महिनाको लागि नजिकको छिमेकी देश भारतमा गएर ढुङ्गा माटोसँग खेल्दै जनतन कमाएर काम गर्ने सिजनको मौका छोप्दै घर फर्किन्थे ।

उनिहरु दुख सुख के कसो गरेर घर फर्केका छन् त्यो कुराको मतलब नगरी घर पुगेकै भोलिपल्ट बिहान सबेरै घरको ढोकामा आएर उभिरहेका हुन्छन् किनकी कुनै पनि राम्रो लुगा होस , कपडा होस या अन्य कुनै चिज आफ्नो हातमा पार्ने दाउ चलिरहेको हुन्छ । त्यसैले नै हालसम्म पनि दलित दाजुभाईहरु भारतकै गल्लि गल्लिमा कुकुरको भन्दा तल्लो जिन्दगि जिउन बाध्य छन् ।
देशभरिका कतिपय दलितहरु घरबार बिहिन छन् त कँहि कतै घरबार भएछ भनेपनि उनिहरुको ईच्छाले दिएको जस्तोसुकै ठाउँ भएपनि झुपडि बनाएर बस्ने व्यवस्था गर्नु पर्दथ्यो । यसर्थ दलितका घर वस्तिहरु भिरालो, पहिरो निस्कने, बाढी आउने ,कतै खाने पानी नभएको त कतै गाईवस्तुहरु पाल्ने ठाउँ नभएका ठाउँहरुमा दलितहरु बस्न र बाँच्न बाध्य भए ।

आवासको लागि घर बनाउन समेत घर नभएका दलितहरुले दबाबै दबाबमा परेरै पनि केहि छेउछाउका बालि नलाग्ने , पानी नपुग्ने , पहिरो आउने ठाउँमा सकि नसकि ढाडमा पटुकी बान्दै सानातिना जिमीजजग्गा बनाएका हुन्थे । छेउछाउका सानातिना जग्गा बारतार लगाएर बालि त लगाउने त्यै पनि उनिहरुका गाईवस्तुले खाईदिने यदि बालि खाएको कुरा उठाउने हो भने त्यो हाम्रो जग्गा हो तुरुन्तै छोडिहाल भन्ने धम्कि दिने गर्दछन् ।
यति मात्र हैन कतै सानो तिनो चोरी भयो , केहि बिग्या्रे भने दलितको नाम अगाडि आउने गर्दथ्यो । खाने पानीका धाराहरु छुट्टाछूट्टै हुन्थे भने चाडपर्वमा बसेर रमाईलो हेर्ने ठाउँहरु समेत छुट्याईएका हुन्छन । कुनै ठाउँमा जुता लगाएर जान नपाईने , घोडा चड्न नपाईने त कतै जादा कपडा तथा राष्टिय ढाँकाको टोपि समेत लगाउन दिईदैनथ्यो ।
हाल २१ औँ शताब्दीमा छौँ , नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । २००७ साल देखि नै कुनै न कुनै रुपले विभिन्न राजनितीक पार्टी हरु ले दलितहरुको हकहित र न्याय प्राप्तिका लागि भुमिका खेलिरहेको दाबि गरिरहेका छन् तर हाल सम्म पनि समस्याहरु जिउँ का तिउँ रहेका छन् । देशमा दश वर्षे जनयुद्द भयो यसले आंशिक रुपमा केहि परिवर्तन त ल्यायो तर उपलब्धिमसुलक भने भएन ।

देशमा यत्रो ठुलो परिवर्तन आईरहँदा दलितहरुलाई भने उहि पुरानै शासन शैलिमा सिमित राख्न विभिन्न शक्तिहरु सक्रिय रहेका छन् । गणतान्त्रिक राज्यमा एउटा पानी को धारा छोईएको निहुँमा दलित महिला कुटेर मारिएका छन् । कतै बोक्सिको आरोपमा महिलाहरु कुटेर मारिने गरेका छन त कतै आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्दा मारिएका छन् । चोखो मनले कुनै दलितको छोराले माया गर्छु विहे गर्छु भन्दा दिन दहाडै नवराज वि क जस्ता देशका सच्चा सपुत मारेर नदिमा बगाएका छन् ।
अँझ उनै हत्याराहरुको पक्षमा पक्षपोषण हुने गरी आवाज उठाईरहेका छन् । कैँयौ आमा का काख रित्तिएका छन भने कति छोरिचेलिका सिंदुर पुछिएका छन् । यो सब जातव्यवस्थाको उपज हो । हालसालैको एउटा घटना हो , जहाँ कोरोना कहर ले विश्व नै आक्रान्त बनेको छ यस्तो बेलामा पनि यि घटिया मानसिकताका मानिसहरुले हुँदा हुँदा क्वारेन्टाईन मा समेत छुवाछुत गरेको समाचार बाहिरिएको थियो । के यो मुलुकलाई अझै यि शासकहरुले उहि पुरानै परम्परागत शैलिमा फर्काएर दलितहरुलाई शोषण गर्न खोजिरहेका छन् ?
केहि समय यता कुनै न कुनै रुपले दलितहरु हाल आँशिक रुपमा स्कुल जाने जागिरको खोजि गर्ने भईसकेपछि सयौँ वर्षदेखि दास बनाएर राख्न पल्केका ब्वाँसाहरु जुर्मुराउन थालेका छन् । दलितहरु प्रत्यक्ष रुपमा आफै सामेल आफ्नो हक अधिकार प्राप्तिका लागि दश वर्षे जनयुद्द र १९ दिने जनआन्दोलन मा सहभागि भएका थिए ।

फलस्वरुप केहि रुपमा दलितले हाल सहुलियत पाउँदै आएका छन् यसको मतलब यो होईन कि कसैले दया गरेर दलितलाई अधिकार दिएका हुन । अहिले राज्यद्वारा दिईदै आईरहेको समावेशि समानुपातिक कोटा ले केहि रुपमा दलितहरुको सहभागिता बढाउँदै ल्याएको छ । यसको पनि सामन्तवर्गहरु विरोधमा उत्रिएका छन् किनकि उनिहरु कहिल्यै पनि दलित पहुँजमा आएको र शासन गरेको हेर्न र सहन सक्दैनन् । यसैगरि राजनैतिक क्षेत्रमा पनि हेर्ने हो भने दलितलाई गाउँदेखि केन्द्र सम्म समानुपातिक सिटमा सिमित राखेका छन् ।समानुपातिक मा नाम मात्र दलितको छ तर रजाँई भने सतप्रतिशत नै बाहुन क्षेत्रिकै छ । हालका गाउँपालिका नगरपालिका मा दलितहरु अध्यक्ष मेयर मा अटाउन सकेनन् मात्र एउटा सदस्यको भुमिका दिईएको छ । यो सबै हेर्ने हो भने साच्चिकै दलितहरु सँग पैसा हुदैन चुनाव जित्न सक्दैनन भन्ने मानसिकता अहिले पनि हावी छ ।

कुनै स्कुलमा दलित हेडमास्टर भयो भनेर त कतै विद्यालयका अध्यक्ष दलित भयो भनेर बहिष्कार समेत गरेका खबरहरु सुन्नु पर्दा हाम्रो मुटुमा भुकम्प जाने गरेको छ । यसर्थ विगत देखि वर्तमानलाई हेर्ने हो भने दलितलाई वर्णव्यवस्था वरदान नभई अभिशाप सावित भएको छ । जसको परिणाम हामिले विभिन्न आपराधिक र अपत्यारिला घटनाहरु पटक–पटक सुन्ने गरेका छौँ ।
यसरि नै गणतान्त्रिक राज्यमा कम्न्युष्ट सरकार भएको बेलामा समेत दलितहरुको हकहितको रक्षा हुन सकेन र दलितहरु पहिलेकै १६ औँ शताब्दीमा जसरि नै बाँच्ने अवस्था आउने हो भने दलितहरुका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने उखान चरितार्थ हुने देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
लेखक ,राजेन्द्र परियार ताँजाकोट –५ मदना,हुम्लाहाल बि.एस.सि., त्रिचन्द्र

प्रतिक्रिया दिनुहोस