अग्नि पिडितलाई कैलाश व्यापार संघद्धारा एक लाख सहयोग

फिल्को मिसन

सोमबार ३०, भदौ २०७७
चीनको स्वाशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा रहेको कैलाश व्यापार संघद्धारा आगलागी पिडितहरुलाई १ लाख रकम राहत सहयोग गरेका छन् ।भदौ १७ गते बुधबार सर्केगाड गाउँपालिका वडा सात वामनबाडा ठुलोगाउँमा भएको आगलागीबाट पुर्ण क्षेती भएका ६ घरपरिवार सहित अन्य आंशिक क्षेती भएका घरपरिवारलाई राहत विरतण गरीएको छ ।
वडा – ७ रोडिकोटमा आगलागीबाट पुर्ण नष्ट भएका ६ घरपरिवार, अन्य आंशिक क्षेतीभएका पिडितहरुका लागी ताक्लाकोटमा रहेका हुम्लीहरुले रु १ लाख २ हजार ५ सय रकम आर्थिक सहयोग गरेको प्रदेशस्थित तिब्तमाको ताक्लाकोटमा ब्यापार व्यवसाय गर्दै आएको कैलाश व्यापार संघ उपाध्यक्ष लामु लामाले जानकारी दिनुभयो ।
कैलाश व्यापर संघ,नाम्खा गाउँपालिका स्थानिय कुगा लामा,छोमु लामा र हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामा क्रमश १,३,५००,१०००,२०००,१२००० जम्मा गरि१,१७,५०० अग्नि पिडीत लाई आर्थिक सहयोग प्रदान गरेको छ। ताक्लाकोटबाट आएको नगद, सिमकोट आइपुगेका आगलागी पिडितलाई प्रमुख जिल्ला जिल्ला अधिकारी चिरन्जीवी गिरी,वडा अध्यक्ष कृष्ण प्रसाद जैशी र संचाकर्मिमको रोहवर नगद बितरण गरिएको हो ।
आगलागीबाट घर जलेर पुर्ण रुपमा क्षति भएका ६ घरपरिवारलाई जनही रु १० हजार र अन्य आगालागी हुने क्रममा घरमा आंसिक क्षेती हुने ६ घरपरिवारलाई जनही रु ६ हजार ५सय रुपियाँ नगद प्रदान गरिएको हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले बताउनुभयो ।
ताक्लाकोटमा ब्यापार व्यवसाय गर्दै आएका हुम्ला जिल्लाका स्थानीयहरुले कैलाश व्यपार संघ गठन गरेको र सो संघका उपाध्यक्ष लामु लामा मार्फत सहयोग रकम प्राप्त भएको हो । उपाध्यक्ष लामु लामाले बर्षभरि प्रतिदिन युयान ५रुपायाका दरले खुर्तुेकीमा जम्मा गरेको समेत २५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक लामाले बताए ।
ताक्लाकोटमा रहेका हुम्लीहरुले आगलागी पिडितहरुलाई आर्थिक सहयोग गरेको प्रमुख जिल्ला अधिकारी गिरिले धन्यवाद समेत दिएका थिए । आगलागी पिडितहरुका लागी आएको रकम हस्तारन्तरण कार्यक्रममा सन्चारकर्मीहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस