लक डाउनमा भारी बोक्दै हुम्लाका बालबालिका

फिल्को मिसन

सोमबार ३०, भदौं २०७७
हुम्ला । लक डाउनका बेलामा विद्यालय बन्द भएपछि नजिकैको जंगलबाट खाना पकाउने दाउराको भारी बोकेर विक्रीका लाई सिमकोट बजारमा जान्छन । हुम्लाको सिमकोटगाउँपालिका ७ डाँडाफयाका दैनिक दिन एक दर्जन भन्दा बढि बालवालिकाहरु बिहानै ६ बजेतिर सिमकोट बजारमा बिक्री गर्छन ।
उनीहरूसँग फिल्को मिशनका प्रतिनिधिको भेट हुँदा निधारको पसीना पुछ्दै निन्याउरो मुख लगाएर एकै स्वरमा भने कापी कलम किन्न,दैनिक दिन घरमा खाद्यन्न जोहि गर्न र लताकपाडा किन्नको लागि आफनो नाम नबताउने शर्तामा राजेन्द्र शाहीले आफुुले भारी बोकेको बताए ।
लकडाउनको समयमा विद्यायलय नचले पछि विद्यालय जानै छाडेर उनीहरू दैनिक दिन भारी बोक्न बाध्य छन् । अहिले यो समयमा बालिनाली भित्राउने, गाईगोेठाला खर्कमा जाने र घरको काममा बढी लाग्नुपर्ने बाध्यता रहेको छ ।
छ महिना वितिस्कयो लक डाउन भएको समय घरमा बुवा आमाले दाउरा टिप्नको लागि जंगलमा जानुपर्ने बताए । सिमकोट बजारमा दाउरा ल्याउँदै गरेको अवस्थामा भेटिएका शाहीले बताए ।विद्यालय पढ्नु भन्दा पनि घरको काममा बढी व्यस्त हुनुपर्ने बताए ।
बाल अधिकारसम्बन्धी महासन्धी १९८९ तथा नेपालको संविधानले बालबालिकालाई जोखिममा लगाउन नहुने व्यवस्था गरेको छ । संविधानको धारा ३९ को ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भन्ने उल्लेख छ ।
यस्तै बालबालिकासम्बन्धी ऐन २०४८ तथा बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ ले कुनै पनि बालबालिकालाई बालश्रम र जोखिमपूर्ण काममा लगाउन नहुने व्यवस्था गरेको छ ।
बालश्रम गरिरहेका बालबालिका र विद्यालय नियमित जान नसकिरहेका विद्यार्थीहरूको लागि गरिने कार्यक्रमहरू यस्ता प्रभावित क्षेत्रमा हुनु जरुरी छ । जिल्ला शिक्षा समन्वय समितीका संयोजक विष्णु बहादुर शाहीले भने लकडाउनको समयमा शिक्षक,अभिभावक र गाउँपालिकाले समुह मिलाएर अध्यापन गराउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस