नेकपाको अन्तर पार्टी निर्देशन(५ (पूर्णपाठ)

फिल्को मिसन

बुधवार, भदौ ३१, २०७७
काठमाडौं । लामो समयसम्म भएको पार्टी भित्रको आन्तरिक किचलो पश्चात सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन ५ जारी गरेको छ ।
आफ्नै अविश्वास र अन्तरविरोधले टुट्नै लागेको पार्टीलाई हाललाई जोगाउन सक्षम पार्टीले भारतद्वारा नियन्त्रित नेपाली भूभागहरुमा नेपालको प्रशासनिक र राजनीतिक हकभोग स्थापित गर्ने अठोट लिदैं पार्टीका आन्तरिक संगठनलाई नेकपाले निर्देशन दिएको छ ।
स्थायी कमिटीको पछिल्लो बैठक सकिएलगत्तै नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन(५ जारी गर्दै नेपालको नक्सामा समेटिसकिएको भारतद्धारा नियन्त्रित नेपाली भू(भागमा प्रशासनिक(राजनीतिक लगायत सबै प्रकारको हकभोग स्थापित गर्न दृढतापूर्वक अगाडि बढ्ने अठोट लिएका हुन्।
ओली र दाहालले यससम्बन्धमा सरकारले चाल्ने आगामी कदमहरुमा सिंगो पार्टी दृढताकासाथ खडा हुने विश्वास पनि व्यक्त गरेका छन्। भारतसँगको सीमा समस्याका सम्बन्धमा सरकारले प्रभावकारी कूटनीतिक कौशलका साथ भारतसँग वार्ता गर्नुपर्ने विषयमा पनि उनीहरुले जोड दिएका छन्।
नेपाल सरकारले पटकपटक गरेको आग्रहलाई बेवास्ता गर्दै सन् १९६० को दशकदेखि सुरक्षा उपस्थिति कायम गर्दै काली (महाकाली) नदी पूर्वका नेपाली भूभागहरु लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अनाधिकृत नियन्त्रण गर्दै आएको भारतले ती भूभागहरुलाई सन् २०१९ को नोभेम्बर २ मा आफ्नो राजनीतिक नक्सा प्रकाशित गरेको थियो।
भारतको उक्त कदम सुगौली सन्धीको भावनाविपरित थियो। यस्तै गत मे ८ मा भारतले नेपाली भूभाग हुँदै लिपुलेक जोड्ने सडक नै उद्घाटन गरेपछि नेपालमा भारतप्रति आक्रोश चुलिएको थियो।
भारतको उक्त कदमले नेपालको सार्वभौमुत्ताको अवमूल्यन गरेको भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गर्नुका साथै गत जेठ ५ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक सीमासहितको राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गरेको थियो।
यस्तै उक्त नक्सालाई नेपालको निशान छापमा समेट्न नेपालका संघीय संसदको दुबै सदनबाट संविधान ९दोस्रो संशोधन०विधेयक सर्वसम्मतरुपमा पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको अवस्था छ।

अन्तरपार्टी निर्देशनमा भनिएको छ,‘नेपाली जनता पञ्चशीलका सिद्धान्त, सार्वभौम समानता, आपसी सम्मान र लाभका मान्यतामा आधारित सुमधुर, समस्यारहित र विश्वासयुक्त नेपाल भारत सम्बन्धको पक्षमा छन्।’

नेकपाले पुनः भारतलाई ऐतिहासिक तथ्यहरुको सम्मान गर्न, सुगौली सन्धी अनुसार काली महाकाली पूर्वका सबै भूभाग नेपालका हुन् भन्ने यथार्थलाई स्वीकार गर्न नेपालको भौगोलिक अखण्डताको कदर गर्न आग्रह गर्दै वार्ताद्धारा समस्याको समाधानका लागि वार्तामा आउन आग्रह समेत गरेको छ।

यस्तो छ, अन्तरपार्टी निर्देशनको पूर्णपाठ

Nepal Communist Party,Anter party Nirdeshan

प्रतिक्रिया दिनुहोस