पछिल्लो २४ घण्टामा १५ सय ३९ जना थगिए कोरोना सङ्क्रमित

फिल्को मिसन

बुधवार, भदौ ३१, २०७७
नेपालमा पछिल्लो समयमा २४ घन्टामा नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा यि व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा थप १०६८ जना सङ्क्रमणमुक्त भएका छन्् । योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ जना उपचारपछि निको भएर घर फर्किएका मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १६ हजार २४२ छ ।
आज नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो सहित नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस