सबै सिटमा यात्रु उडाउन पाउनुपर्छ,तर भाडा नबढाऊ

फिल्को मिसन

बुधबार ३१ भदौ, २०७७
काठमाण्डौ। सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरूले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन्। वायु सेवा सञ्चालक सङ्घले भने यस्तो नियम संसारमा कतै नभएको भन्दै पूर्ण सिट क्षमतामा यात्रु बोक्न नपाउने भए उडान नै सुरु नगर्ने अडान लिएका छन् ।
उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने र अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिँदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने वायुसेवा सञ्चालक कम्पनीको माग छ। नागरिक उड्डयन प्राधिकरण र नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डअनुसार उडान भर्न पाउनुपर्ने वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) का कोषाध्यक्ष रुपेश जोशीले बताए । मन्त्रालयले भाडा बढाउने प्रस्ताव राखेकोमा पनि वायु सेवा सञ्चालक सङ्घले उत्साहित नभएको जनाएको छ ।अहिलेको अवस्थामा भाडा बढाउने निर्णयको स्वागत गर्दैनौँ तर हाम्रो सरोकार भाडा बढाउने होइन पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्छ जोशीले बताउनु भयो ।
पर्यटन मन्त्रालयमा बुधबार भएको छलफलमा पनि वायु सेवा सञ्चालक सङ्घले झण्डै सात महिना बन्द भएका एअरलाइन्स अझै पनि ५० प्रतिशत क्षमतामा यात्रु बोकेर उडाऊ भन्नु अत्यन्तै गैरजिम्मेवार निर्णय भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस