छमहिनापछि लामो दूरीका सार्वजनिक गाडी संचालन

फिल्को मिसन

बिहिबार १ असोज,२०७७

काठमाण्डौ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न थालेका छन , झन्डै छमहिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् ।भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ र ५० प्रतिशत बढीसम्म लिनयवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस