होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोकआज बाट हट्यो

फिल्को मिसन

विहीबार,१ असोज, २०७७
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक आजदेखि हटाइएका छ । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवे मात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर र बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर बिजोर प्रणाली अर्को आदेश नभइन्जेल कायम रहने छ ।
काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई भने अर्को आदेश नहुँदासम्म खुला गरिएको छ । यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बार अनुसार खोल्ने पाउने गरी गरिएको आदेश आजदेखि लागू हुने छैन । उपत्यकामा सबै खाले पसल सबै बार खोल्न पाइने छ । यो पनि अर्को आदेश नहुँदासम्म स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर खोल्न दिइएको हो । नेपालीहरुको ठूला चाड नजिकै आएका कारण पनि सरकारले व्यापार व्यवसाय र यातायातका साधन सञ्चालन गर्न अनुमति दिएपनि नेपालमा कोरोना भाइरसको सङ्क्रमण भने झन् बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस