स्वर्गीय बुबा–आमाको स्मृतिमा सिममा खानेपानी धारो निमार्ण

फिल्को मिसन

विहीबार १असोज,२०७७
हुम्ला । सिमकोट गाउँपालिका ५ का स्थानीय पुर्ण बहादुर रोकाया र मानविर रोकायाले आफना स्वर्गिय बुबा–आमाको नाममा सिममा खानेपानी धारो निमार्ण गरेका छन ।
सिमकोट गाउँपालिका ५ निवासी स्वर्गीय जय बहादुर रोकाया र चौकी रोकायाको स्मृतिमा सार्बजनिक स्थल सिमसारक्षेत्रमा खानेपानीको धारा निर्माण गरिएको छ।

स्वर्गिय बुबा–आमाको नाममा अक्षयकोषको बाट आएको व्याजको रुपायाँबाट सिकोटमा रहेको सिमका धारो निमार्ण गरिएको छोरा पुर्णबहादुर रोकायाले बताउनु भयो । श्राद्धको समय चली रहेको बेला आमा स्वर्गीय आमा बुवाको स्मृतिमा धारा निर्माण गरिएको जेठा छोरा रोकायाले बताए।

छोरोको लगानिले होइन तर स्वर्गिय बुबा–आमाको नाममा मुद्धतिखातमा भएकोले उनिहरुकै स्मृृतिमा नमुना सार्वजनिक काम देखाउनको लागि धारो निमार्ण गरेको रोकायाले बताए ।सम्पन्न भएको धारो लाई सिमकोट गाउँका बाँडपाल देवतका झाँक्री तुलसिंह रावत र कालाशिल्ताका धामी जनक रोकायाले सम्यक्तँ रुपमा रिवन काट्दैस धुप वालेर धाराको उद्घाटन गरेका छन ।

प्रतिक्रिया दिनुहोस