कोभिडबाट बच्ने उपाय, रोगथामका विषयमा एकदिने तालिम समपन्न

विहीबार १ असोज,२०७७
कोभिड–१९ को महामारीकाबाट बच्ने उपाय र यसका रोकथामका विषयमा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको मुचुमा एक दिने तालिम सम्पन्न भएको छ ।
वडा – ४ मुचु गाउँमा कोभिड १९ महामारीबाट बच्ने उपाय, र रोगथामका विषयमा एक दिने तालीम सम्पन्न भएको छ । सामाजिक दुरी कायम गर्दै गर्भवती महिला ,सुत्केरी महिला, बच्चालाई दुध चुसाउने आमा,स्वयमसेवी र किशोरी समुहका गरी १२ जनाको उपस्थितमा तालिम सम्पन्न भएको छ ।
आधार विकास नेपाल हुम्लाको आयोजनामा स्वास्थ्य कार्यालय हुम्लाको सहजिकरणमा एक दिने कोरोनाबाट बच्ने उपाय र रोकथामका विषयक तालिममा मुचुका महिला, किशोरी, स्वयम सेविकाहरको सहभागीता रहेको थियो ।
तालिममा सहभागी गर्भवती महिला,दुध चुसाउने महिला, सुत्केरी महिला, स्वयम सेवीका र किशोरी समुहका लगायत लाई कोरोना संक्रमणबाट बच्ने र रोकथामका विषयमा जानकारी गराइएको आधार नेपाल हुम्लाका स्वाथ्यकर्मि क्याम लामाले बताउनु भयो ।
सामाजिक दुरी कायम गरी कोभिड १९ महामारीबाट बच्ने उपाय र रोकथामका विषयमा जिल्ला अस्पतालका ुिसनियअर अनमी सरिता बोहरा गरेको लामाले बताउनुभयो ।
तालिममा उपस्थित मुचुका महिलाहरुलाई सामाजिकदुरी कायम गर्ने, हातधुने, घरबाहिर जादा मास्क लगाउने, भिडभाड नगर्ने, र आफुलाई शंका लागेमा नजिककै स्वास्थ्य संस्थामा चेकजाँच गराउन जानुपर्ने लगायतका विषयमा छलफल भएको छ ।