जिल्ला प्रशासन कार्यालय हुम्लामा कर्मचारी अभाव

नरजङ तामाङ

विहीबार १ असोज,२०७७
हुम्ला। दरबन्दी अनुसार कर्मचारी नहुदा जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा प्रभावित भएको छ । सिडियो कार्यालयमै अल्मलिएपछि शान्ति सुरक्षा लगायतका महत्वपूूर्ण काम प्रभावित भएका छन् ।कार्यालयमा सह सचिव स्तरको सिडिओ, अधिकृत स्तरको सहायक सिडिओ, ३ जना सुब्बा ४ जना खरिदार हुनुपर्ने जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव देखिएको छ । सिडिओ,सहायक सिडिओ, एक जना सुब्बा, एक जना कम्प्युटर अपरेटर एक जना लेखापाल र ७ जना कार्यालय सहयोगीले धाँनेका छन् ।
प्रशासन कार्यालयमा कर्मचारी अभाव हुदा एक जनाले दुई तिन फाँट धाँन्नुपर्ने बाध्य रहेको कर्मचारीले बताउने गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालका अनुसार कर्मचारी अभाव हुदा प्रशासन फाँट बन्द अवस्था रहेको जानकारी दिए ।
एक जना सुब्बा एक जना लेखापाल,एक जना कम्प्युटर अपरेटर र ७ जना कार्यालय सहयोगी भरमा कार्यालय सञ्चालन रहेको सहायक प्रमुख जिल्ला अधिकारी हमालले बताए । नागरिकता तोक लगाउने राहदानी सिफारिस,गर्ने प्रतिलीपि बनाउने लगायतका कामका लागि समस्या हुने गरेको छ ।
                                                                 ईलाका प्रशासनको बोर्ड टाँसियो,काम भएन
हुम्लाको सर्केगार्ड गाउँपालिकामा ईलाका प्रशासन कार्यालयको बोर्ड टाँसिएको तीन वर्ष वितेको छ । ईलाका प्रशासन कार्यालय सर्केगार्ड भनेर बोर्ड मात्रै टाँगिएको भएता पनि काम सञ्चालनमा आउन सकिरहेको छैन । तर ईलाकाबाट हुने सेवा सुविधा यहाँका स्थानीय अहिले सम्म नलिएको बताउने गरेका छन ।
सामान्यत नेपाली नागरिकता र राहदानीको सिफारिस पाउनु पर्ने भएपनि हाल सम्म लिन पाएका छैनन । नागरिकता र राहदानीको सिफारिस लिन सदरमुकाम सिमकोट नपुगि सुख छैनन ।
हुम्लाको सर्केगाड गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना भएको ठीक ३ वर्ष पुग्यो तर हुम्ली बासिन्दाको दुख उही सिमकोट पुग्नु पर्ने रहेको छ । कार्यालय सहयोगी मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन ।
हुम्लाका ४ गाउँपालिका स्थानी ईलका प्रशासन कार्यालयमा कर्मचारी नभएपछि ४ देखि ५ दिन पैदल हिडेर सदरमुकाम पुग्न बाँध्य भएका छन ।

प्रतिक्रिया दिनुहोस