युरोपेली देशमा कोरोनाको जोखिम थप बढ्दै

शुक्रबार २,असोज २०७७
काठमाण्डौ । युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्न थालेको छ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा सङ्क्रमित हुनेको संख्या दोब्बर छ । अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्लुयूएचओले सचेत गराएको छ ।
संगठनका क्षेत्रीय निर्देशक ह्यांस लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको सङ्क्रमण दोब्बरले बढेको बताउदै युरोपेली देशका लागि कठिन घडी आएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको पनि उहाँले बताउनुभएको छ ।
विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको छ ।