जनकपुर आइपुग्यो नेपाली रेल,रेलको हेर्नको घुइच्चो (तस्बिरहरु)

फिल्को मिसन

शुक्रबार २,असोज २०७७
जनकपुरधाम – जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो । नेपालको झण्डाको रंगमा रंगिएको रेल आज परीक्षणका लागि जनकपुरधाम आइपुगेको हो। ठूलो संख्यामा जम्मा भएका स्थानीय बासिन्दाले रेलको स्वागत गरेका छन्।तीन चरणमा निर्माण भइरहेको रेलको काम अन्तर्गत पहिलो चरणमा जयनगर देखि कुर्थासम्मको काम सम्पन्न भएको छ। जसको लागि नेपाल सरकारले १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट ट्रेन आज आइरहेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए । आज परीक्षणका लागि आइपुगेको रेल पुनः जयनगर फर्किने बताइएको छ। रेल हेर्नको लागि सर्वसाधारण घुइच्चो लागेको छ ।

प्रतिक्रिया दिनुहोस