यारी नाका खुलाउन सरकारसँग हुम्ला उद्योग बाणिज्य संघको माग

फिल्को मिसन

शुक्रबार २ ,असोज २०७७
हुम्ला । कोभिड –१९ का कारण हुम्लाको उतरी यारी (हिल्सा) नाका खुलाउनको लागि चिनसंग सरकारले कुट्नितिक पहल गर्नको लागि माग गरेको छ ।
हुम्ला उद्योग बाणिज्य संघले हुम्लाका व्यावसायहरु धाराप पर्दै गएकोले उतरी हिल्सा नाका र चिनको स्वाशित क्षेत्र तिब्तको ताउलकोट विचको व्यापरी नाका खुलाउन हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरी मार्फत सरकार संग माग गरेको छ ।
हुम्लाका उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष नामग्याल ताामाङले शुक्रबार प्रमुख जिल्ला अधिकारी गिरी मार्फत ज्ञापन– पत्र बुझाउँदै सरकारले पहल गर्नु पर्ने बताए ।
हिल्सा नामा स्वास्थ्य परीक्षण, सीमा क्षेत्रमा विशेष सुरक्षा, क्वारेन्टिन जस्ता व्यवस्थापन हुनुपर्ने अध्यक्ष ताामाङको माग रहेको छ । हुम्लाको उतरी नामख्या गाउँपालिकाका दैनिक उपभोग्या सामा, खाद्ययन्न देखि निमार्ण सामग्री समेत तिब्तको ताउलाकोट बाट आयात ७ महिना देखि ठम्प रहेको छ ।
हुम्ला उद्योग बाणिज्य सघका अध्यक्ष ताामाङको नेतृत्वको गएको व्यापरी टिमले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको छ । हुम्लाका व्यावसायीले उतरी सिमाना हिल्सा नाका र तिब्बतको ताउलकोट व्यापरी नाका व्यवसाय खुलाउन माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस