शुक्रबार,२ असोज, २०७७
काठमाडौं।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजंग’ लाई कोरोना पुष्टि भएको छ।
शुक्रबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएपछि नेता चन्दलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको नेकपाले जनाएको छ।
नेता चन्दलाई संखुवासभा जिल्ला अदालतले छाड्ने आदेश दिएलगत्तै पुनः पक्राउ गरी धरान प्रहरी हिरासतमा राखिएको थियो। गत असोज ३० गते दाङको राजपुरमा राप्ती ब्यूरोको बैठक स्थलबाट वीरजंगसहित २१ नेता–कार्यकर्ता पक्राउ परेका थिए।