शुक्रबार २अजोस २०७७
काठमाडौ। बाढी पहिरोबाट जोखिम रहेका बस्तीहरु लाई ६ महिना भित्र सुरक्षित बसाउन सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले बाढी पहिरो एवं प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका बस्तीहरुको ६ महिना भित्र पहिचान गरी भू–उपयोग नीति अनुरुप यथासिघ्र सुरक्षित स्थानमा एकीकृत बस्ती बसाली समस्याको समाधान गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो।
बाढी पहिरो लगायत विपद व्यवस्थापन सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरुको तत्काल खोजी र उद्दार गर्ने, घाइतेहरुको उपचार,विस्थापित र प्रभावितहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नु पर्ने समिति सभापति शशी श्रेष्ठल बताए ।