अहिलेसम्मकै उच्च २ हजार २० कोरान संक्रमित

शुक्रबार २,असोज २०७७
काठमाडौं । नेपालमा अहिले सम्मकै देशभर २ हजार २० जना संक्रमित भेटिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका गर्ने नियमित मिडिया ब्रिफिङमा बताउनु भयो ।
आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन्। त्यस्तै आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको गौतमले जनाए। आज होम आइसोलेसनमा ८ हजार ८८ छन् भने क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना अझै बसिरहेका छन्। साथै आज संस्थागत आइसोलेसनमा ९ हजार २ सय दुई ९५ जना रहेका पनि उनले बताए।
आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय २१, प्रदेश नम्बर २ मा ८ सय ९०, बागमती प्रदेशमा ५ हजार २ सय ९६ र गण्डकी प्रदेशमा ८ सय ६३ जना रहेका छन्।
प्रदेश नम्बर ५ मा १ हजार १ सय ६३, कर्णाली प्रदेशमा २ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ जना गरी आज देशभरी ९ हजार २ सय ९५ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन्।
होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ९०, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार १ सय ९७ र गण्डकी प्रदेशमा १ सय ८७ जना रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ६०, कर्णाली प्रदेशमा ६ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना गरी आजसम्म ४३ हजार ८ सय २० जना संक्रमित निको भएर घर फर्किएका छन्।
आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ११ हजार ९ सय, बागमती प्रदेशमा ९ हजार ७ सय ७१ र गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन्।
प्रदेश नम्बर ५ मा ९ सय ३७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३ सय १४ गरी देशभरी ८ हजार ८८ जना होम आइसोलेसनमा हरेका छन्। आज आइसियुमा १ सय ७३ र भेन्टिलेटरमा ३६ जना संक्रमित उपचाररत रहेका छन्। आज ८ सय ७१ जना संक्रमति डिस्चार्ज भएका छन्।