हुम्लामा २१ वर्षिय महिलामा कोरान पुष्टी, ग्रीनजोन बाट हुम्लामा रेडजोन

फिल्को मिसन

आइतवार, ४ असोज, २०७७
हुम्ला  । हुम्लामा ग्रीन जोनका रुपमा रहेको जिल्लामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।सर्केघाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार बाँकेको नेपालगञ्जबाट समिट एयरमा सिमकोट बाट विमानस्थलमा पुगेकी किशोरी कोरान पुष्टी भए पछि ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको छ ।
शुक्रबार कोहरलपुर ल्यावमा संकलन गरिएको स्वावको नजिता पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वस्थ्य अधिकृत नरेशवावु श्रेष्ठले बताए ।
हवाई मार्गबाट हुम्ला जाने प्रयोजनका लागि संकलन गरिएको स्वावको कोहलपुरमा गरिएको परिक्षणको नजिता पोजेटिभ देखिएको हो ।
रिर्पोट आउने बित्तिकै सम्बन्धित महिलाको मोवाइलमा नतिजा म्याजेस गरेको बताएका श्रेष्ठले जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लामार्फत सर्तकता अपनाउन आफूले हुम्ला लाई खबर गरेको जानकारी दिएनुभयो ।
शनिबार समिट एयरको विमानबाट १२ जना अन्य यात्रुसहित हुम्ला आएकी उक्त महिला एक वास सिमकोटमा बसेर आइतबार बिहान माउण्टेन्ट एयरको हेलिकोप्टरमार्फत अन्य ५ जना यात्रुसहित सर्केघाड गाउँपालिका गएको हुम्ला जिल्लाको डिएसीपी सुर्यप्रकाशन सुवेदीले जानकारी दिएको छ ।
महिलामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा उच्च सर्तकता अपनाउने जिल्ला कोभिड व्यवस्थापन केन्द्रले बैठक निणर्य गरेको बसिरहेको छ । आन्तिरिक जिल्लाका नाकाबाट र हर्वाजाहज बाट आउने पिसआर चेकगरेर जिल्लामा भित्राउने बेैठकले निर्णयसहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस