फेरी भेटियो हुम्लाको ताजाँकोटमा औलो

सोमबार ५असोज २०७७
हुम्ला।तराईका जिल्लामा देखा पर्ने औलो रोग पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पनि फेला पर्ने थालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको नमुना परिक्षणमा ताजाँकोट गाउँपालिका–४ का डोप्क्या गाउँकी १४ वर्षीय किस्मती कुवँरलाई पूर्ण देखाएको हो ।गत वर्ष गरिएको नमुना परिक्षण ३ जनालाई देखिएको र यो वर्ष फेरी नमुना परिक्षण गर्दा १ जना बालिकालाई देखा परेको मदना स्वास्थ्यचौकीका अहेव धनराज ढंकालले बताए ।
गत वर्ष देखिएको मलेरियाको जिवाणु खतरानाक नभएपनि हाल भेटिएको कलाश मेडियम फल्सीफर्म जातको मरेलिया जिवाणु खतरानाक भएको अहेव ढंकालले बताए ।
औलोको जिवाणु देखिएको कुवँरको ताजाँकोट गाउँँपालिका–४ स्थित गोठेलबाडा स्वास्थ्य इकाईमा उपचार भएको अहेव ढंकालले भनाई छ । ताजाँकोट गाउँपालिकामा यस वर्ष २ सय ५० जनाको नमुना संकलन गरी सुर्खेत पठाइएको गाउँपालिकाले जनाएको छ ।