गाउँमै अल्ट्रा साउण्डबाट गर्भवती महिलाको गर्भ जाँच

दाने बोहरा

सोमबार ५असोज २०७७

नाम्खा गाउँपालिकामा गर्भवती महिलालाई अल्टा साउनबाट गाउँमै सेवा प्रदान गरीएको छ । हुम्लाको उतरी चिनको तिब्बत संग जोडिएको नाम्खा गाउँपालिकामा रहेका गर्भवती महिलाहरु प्छिललो समय गर्भाअवस्थाको हुँदा स्वास्थ्य संस्थाहरुमा चेकजाँचका लागी पुग्ने गरेका छन् ।
नाम्खा गाउँपालिकाको मुचु, याल्वाङ्ग, याङ्गार गाउँमा १० जना गर्भवती महिलाको गर्भ चेकजाँच गरीएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । नाम्खा गाउँपालिकामा रहेका गर्भवती महिलाहरु सुत्केरी हुन स्वास्थ्य चौकी नगएर घरमै हुने गरेको समयमा पछिललो समय स्वास्थ्य चेकका लागी स्वास्थ्य संस्थाहरुमा पुग्ने गरेको सिनियर अनमी बोहराले बताउनुभयो ।
पटक पटक जिल्ला अस्पताल हुम्ला, गाउँपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाहरुले सुत्केरी महिलाहरु स्वास्थ्य चौकीमा गएर आफनो गर्भ चेक गराउन विभिन्न किसिमका जनचेतना तथा सन्देशहरु जरी गरेका कारण केही प्रतिशत मात्रै महिलाहरु चेकजाँचका लागी आउने गरेको बताइएको छ । नाम्खा गाउँपालिकामा गर्भचेकजाँच गरीएका १० जना महिलाहरुको अवस्था सामान्य र राम्रो रहेको अनमी बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस