सिमा नमिचेको चीनयपक्षको दाबी, आफनो भू–भाग बारेमा नेपाली पक्ष अनविज्ञ

फिल्को मिसन

बुधबार ७ असोज २०७७
सिमकोट। हुम्लाको नाम्खा गाउँपालिकामा रहेको लिमी गाउँको लिमी लाप्चा सीमानामा चीनले सीमा मिचेर भवन नबनाएको दाबी गरेको छ।
प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको गएको टोलीले चिनियाँ पक्षले आफनो नक्सा देखाएर आफुले भवन बनाएको खुलासा गरेको छ ।
प्रजिअ सहितको टोलीमा लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले चिनया पक्ष लाई पनि दुई देशको सिमान बारेमा दुवैबाट अनुगमन गर्नु पर्ने बताए । तर उता चिनिया टोली सग प्रत्यक्ष भेट नभएको र चिनपक्षबाट टाढै माइकबाट वार्ता भएको बताएका छन । अध्यक्ष लामाले नेपालको सिमान कहाँ सम्म हो एकिन नभएको र चिनिया पक्षले आफनो जमिन ललुङ सम्म रहेको र आफनै भु भागमा घर बनाएको जानकारी दिएको बताए ।
प्रमुख जिल्ला अधिकारी, तिनवटै सुरुक्षा निकाया र गाउँपालिका अध्यक्ष सहितको सात जना टोलि चिनया पक्षले बनाएको भवन निजिकै पुग्न खोजेपनि चिनिया टोलिले आफनै सिमानामा जान आग्रह गरे ।
नेपालले अहिलेसम्म आप्लmनो सिमाना र भू–भाग कतिसम्म हो भन्ने एकिन नगरेकै कारण पनि मिचितएको नेपाली भ्रभागका बारेमा केही भन्न सक्ने अवस्था नहरेको लाप्चा पुगेको प्रतिनिधि मण्डलले जनाएको छ ।
.अध्यक्ष लामाले लाप्चाको १२ नम्बर पिलर भेटिएको र हराएको भनिएको ११ नम्बर पिलरको बारेमा दुबै देशले खोजि खोजी गर्नु जिन आशा गरेका छन ।
हराएको पिलर र चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताएका स्थायानी लिमी बासीहरको छ ।
पिलर कसरी हराएको हो अहिलेसम्म पत्ता लागेको छैन। टोलीसँग लाप्चा पुगेर सदरमुकाम सिमकोट आइपुगेका अध्यक्ष लामाले  बताए । चिनिया पक्षले नक्सा देखाएर हुँदैन तर हराएको पिलर पत्ता नलगाई सम्म चिनी र नेपालको एकिन भन्न नसकिने बताए ।
२०६६ सालमा लिमी–लाप्चा सडक निर्माण गर्दा नेपाली भूभाग भनेर आफू सो स्थानमा पाल हालेर बसेको स्मरण गर्दै अध्यक्ष लामाले अब राज्यले पिलर खोज्ने काम गर्नु पर्ने बताए ।
पिलर खोज्ने काम गाउँपालिकाले मात्र गर्न नसक्ने हुँदा राज्यले चासो दिएर पिलरको खोजी गर्नुपर्ने उनको भनाइ छ। हुम्ला जिल्ला ४८ जना प्रमुख जिल्ला अधिकारी फेरियात पनि सिमानको बारेमा चासो कसैले देखाएन ।हुम्लाका लिमी गाउँ र चिनको दुबै देशका गभुन्यान्छा चरन क्षेत्र खुला भएको अध्यक्ष लामाले बताए । अहिले पशुबस्त पालन कमि भए पछि उक्त भु भाग चिन सरकारले उपभोग गरेका खुलास गरेका छन ।
नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायव निरीक्षक मोहन बस्ने, राष्ट्रिय अनुसन्धानका डिएस्पी सञ्जिव चौधरी, प्रहरी निरीक्षक सिताराम बिष्टसहितको टोली उक्त भवन निर्माण स्थलतर्फ गरएको थियो।

प्रतिक्रिया दिनुहोस