चन्दा आतंक फैलाउने विप्लव माओवादी, तीन जना नेता लाई निस्कासित

फिल्को मिसन

बुधबार ७ असोज २०७७
सरकाद्धारा प्रतिवन्धीत नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पार्टीको नाममा चन्दा आतंक मच्चाउने आप्mना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुम्लाले भ्रष्टमाथि कारबाही चलाउने चेतावनी दिएको छ।
पार्टीको मंगबार बसेको जिल्ला कमिटिको बैठकले सर्केघाड गाउँपालिका क्षेत्र लगायतका जिल्लाका विभिन्न क्षेत्रमा स्थानीय तहका सरकारका व्यक्ति, व्यापारी, कर्मचारी तथा सर्वसाधारणबाट चन्दा असुल्ने काम गरेको बुझिएकाले त्यस्ता केही नेता तथा कार्यकर्तालाई पार्टीको सदस्यबाट हटाउने निर्णय गरिएको पार्टीका जिल्ला सचिव कुम्भ बुढा निर्माणले जानकारी दिनुभयो ।
विप्लव समूहले आफ्नो पार्टीलाई बदनाम गर्न, पार्टीको नाममा चन्दाको आतंक मच्चाउने लाई सायाँ गाउँनिवासी निरा शाही भनिने मानदेव शाही,खड्क शाउँद र धनराज शाही पार्टीको साधरण सदस्य नरहेने गरि कार्वाही गरेको छ।

बैठकले गरेका निर्णयका बारेमा विज्ञप्ती जारी गरेको उल्लेख गर्दै जिल्ला सचिव निर्माणका अनुसार बैठकले जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएपछि त्रसित बनेको हुम्लामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई उच्च सर्तकता अपनाउन आग्रह गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणबाट जिल्लालाई सुरक्षित राख्न बैठकमा भ छलफलका भएको सचिव निर्माण बताए ।
चन्दाको नाममा आतंक मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको बताउँदै विप्लव समूहले त्यस्तालाई पार्टीले कारबाही गर्ने बताएको छ।
नेपालका व्यापार र व्यावसायी एवं कर्मचारी क्षेत्रसँग पार्टीका जिम्मेवार निकायबाट सहयोगको अनुरोध गर्ने बाहेक चन्दाको नाममा आतंक मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य पार्टीको नभएको कुरा आम नेपाली जनतामा हाम्रो पार्टी विनम्र जानकारी गराउँछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस