हुम्लामा पनि समिट एयरबाट माउण्टेन फलाईट उडान शुरुवात

फिल्को मिसन

बुधबार ७ असोज २०७७
हुम्लामा पनि समिट एयरबा माउण्टेन फलाईट उडानको शुरुवात गरेको छ।
कोरोना भाईरसको संक्रमणले जिल्लामा आउने बाह्य पर्यटकको संख्या सुन्य देखिएपछि पर्यटन क्षेत्रलाई आन्तरिक रुपमा जिल्लाका संघीय, प्रदेश संसदले माउन्टेन्ट उडानको प्रयास गरेका छन् ।
जिल्लाका आन्तरिक पर्यटकलाई त्यसतर्फ आकर्षण गर्न र उत्तरी क्षेत्रमा चीनले सिमाना मिचेको भन्ने बारेमा हवाई अध्ययन गर्नका लागि पनि प्रतिनिधिसभधा सदस्य छक्कबहादुर लामा र प्रदेश सांसद जीवनबहादुर शाहीले माउन्टेन्ट उडान गरेका छन् ।

बुधबार बिहान जिल्लाका सुरक्षा अधिकारी र केही राजनीतिक दलका प्रतिनिधिहरु सहित सांसदद्धयले उक्त माउन्टेन्ट उडान गरेको सिमकोट विमानस्थलले जनाएको छ । समिट एयरको मिानमार्फत गरिएको माउन्टेन्ट उडान मौसमका कारण सोचे अनुसार सफल नभएइको बारेमा जानकारी दिदैं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहाखदुर शाहीले बताए ।
मंगलबार उडान गरिएको माउण्टने फलाईट समिट एयरका क्याप्टन एडि शेर्पाले १४ जना यात्रु लिएर उडान भरेको बताए ।
जिल्लाका बिभिन्न ठाउमा रहेका पर्यटकिय स्थलहरु खार्पुनाथ,दुधेदह, लडेदह, चाङला हिमाल, चुवाखोला, रल्लिङ गुम्बा, पञ्चमुखि, रानीसैना, यालवाङ्ग गुम्बा, लिमि भ्याली, लाप्चाबाट मानसरोवर, कैलाश दर्शनका लागि पैदलमार्गबाट घुम्न जाने आन्तरीक पर्यटक बढेपछि पर्यटकहरुको सुविधाका माउण्टेन फलाईटको परिक्षणको लागि उडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस