शर्माको भनाई : चीनले सीमा नमिचेको सरकारको स्पष्टीकरण हतारमा आयोेको

फिल्को मिसन

विहीबार ८ असोज २०७७
नेपाली कांग्रेसले हुम्लाको नाम्खा गाउँपालिका लिमीलाप्चा क्षेत्रमा चीनले नेपालको भूभागमा भवन निर्माण गरेको बारेमा सरकारले हतारमा बोलेको बताएको छ ।
नेपाल–चीन सिमानामा पर्ने लिमीलाप्चा सीमा मिचिएको छैन भनेर सरकारले सार्वजनिक गरेको धारणाप्रति कांग्रेस पार्टीले खण्डन गरेका छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विहीबार एक विज्ञप्ती जारी गर्दै सीमा मिचिएको हो या होइन भन्ने विषयमा स्थलगत अध्ययन नगरिकन पूर्व नै परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गर्नु गलत भएको विज्ञप्तिमा मार्फत जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी चिरन्जिवीका गिरी सहितको सुक्षाको टोलीले हिजै मात्र ११ नम्बर पिल्लर भटियो जनाएको छ।
तर चीनले निर्माण गरेका भवन १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि मात्र थाहा हुने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसले बताएको छ।
नेपाली भूभाग मिचिएको भन्ने समाचार सार्वजनिक भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोली स्थलगत अध्ययनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस