संचार माध्यामा दिएको अभिव्यक्ति प्रति सहायक प्रजिअ हमाल लाई गृहको स्पष्टिकरण

फिल्को मिसन

बिहिवार ८ आश्विन,२०७७
सिमकोट । हुम्लाको लिमीलाप्चा क्षेत्रमा चिनले बनाएको भवनको बारेमा विभिन्न संचारमा आएलगैत गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ ।
नेपाल चीन सिमा जस्तो संवेदनशील विषयमा जिम्मेवारी निकायलाई जानकारी नदिई के कती कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिएको गृह मन्त्रालयका प्रशासन शाखाका शाखा अधिकृत लोकमान श्रेष्ट द्धारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गर्रिएको छ ।
मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाको चलानी नम्बर २७९ को अत्यान्त जरुरी पत्र जारी गर्दै मन्त्रालय लाई खबरै नगरी बोल्नुको कारण माग गरेको छ ।
सिमाना जस्तो संवेदनशिल विषयमा गृह मन्त्रालय लाई खबर नगरेरै मन लाग्दी स्थलगत भ्रमण गर्ने र सञ्चार माध्यममा बोल्दै हिडेको मन्त्रालयले स्पष्टिकरण सोधेको छ ।
उता गृह लाई उल्टै आफूले देशलाई अपठ्यारो पार्ने गरी कुनै कुरा नबोलेको सहायक प्रजिअ हमालले प्रतिक्रिया दिएका छन । मैले लिमि लाप्चामा गरेको भ्रमणको बारेमा जे देखे त्यही भनेको थिएँ हमालले बताए । चीनले नेपालको सिमाना मिचेको विषयमा खासै विवाद आउने कुनै कुरा नबोलको साहयक प्रजिअ हमाले बताउनु भयो ।
केहि दिन अघि चीन सरकाले हुम्ला जिल्ला लाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ,म आफै बुझनको गएको समयमा साहयक प्रमुख जिल्ला अधिकारी हमाल चीनको सिमाना हिल्सा र लिमि उपत्यका हुँदै लिमीको लाप्चामा पुगेको बताए ।
प्रजिअ हमालले सिमकोट पुगेपछि नेपाली भूभागमा चीनका भवन निर्माण भएको भन्ने विषयका बारेमा विभिन्न सञ्चार माध्ययममा जानकारी दिएका थिए । उक्त कुरा सञ्चार माध्यममा आएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको जिल्ला सुरक्षा अधिकारीको टोली लिमि उपत्याकाको लाप्चा र हिल्सा क्षेत्रको स्थलगत पुगेको छ।

प्रतिक्रिया दिनुहोस