चीनले हुम्लाको सीमा नमिचेको : गृहमन्त्री थापा भनाई

फिल्को मिसन

शनिबार १० गते असोज २०७७ हुम्ला
शनिबार सुर्खेत विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बादलले हुम्लामा चीन पक्षले सीमाअतिक्रमण नगरेको दाबी समेत गरे ।
परराष्ट्र मन्त्रालयले नै सीमानमिचिएको बताइसकेको छ । चीनले हुम्लाको सीमामा भवन भएको कतिपय संचारमा आएको कुरा गलत भएको बताए ।
गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मी बाट भन्दा स्थानीय बासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ ।
दार्चुलाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले सीमाको रक्षा सरकारले मात्र गर्न नसक्ने सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्ने बताउनुभयो । सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्नसकेमात्रै सीमा बलियो हुनसक्ने उहाँको भनाइ छ ।
दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको पनि बताउनुभयो ।
उहाँँले यो क्षेत्र पर्यटनको ठूलो सम्भावना समेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस