सीमा एकिन गर्नको लागि विज्ञ टोली हुम्लामा पठाउन सर्वदलियको माग

फिल्को मिसन

शनिबार १० गते असोज २०७७ हुम्ला
सिमकोट । चीन र नेपाल बीचको सिमाना एकिन गर्नको लागि नेपाल सरकारसंग प्राविधिक विज्ञ टोली पठाउन हुम्लाका राजनीतिक दलहरुले आग्रह गरेका छन्
दुई हप्ता अघि चीन सरकारले हुम्लाको नाम्खा गाउँपालिका ६ लिमीगाउँको लाप्चा क्षेत्रमा ९ वटा नयाँ भवन निर्माण भएको विभिन्न समाचारमा प्रकाशानमा आएपछि जिल्लाका राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
बैठकले ग्याक्पु दोसायता ललुङजोङमा भवन बनाएको स्थान सीमा स्तम्भ १२ नम्बर नजिक रहेकोले छ । नेपाल सरकारलाई सीमा हेर्ने विज्ञ टोली पठाएर विवादलाई दिर्घकालीन समधान गर्न जिल्लाका दलहरुले आग्रह गरेको छ ।
सिमाना विवादका विषयमा बाहिर आएका कुरालाई वैज्ञानीक ढंगले एकिन गर्न नेपाल सरकारलाई जिल्लका सबै राजनीतिक दलहरुको तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य बिजय भण्डारी आग्रह गरेका छन ।

??????

सिमानाको वास्तविक अवस्था पत्ता लगाउन जिल्लाका राजनीतिक दलहरुले सरकारलाई विज्ञ टोली पठाउन आग्रह गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशसभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए ।
संघीय सांसद छक्कबहादुर लामा र कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको उपस्थितिमा बसेको बैठकले हाल चीनले भवन बनाएको क्षेत्रभन्दा डेढ किलो मिटर परबाट नेपाली पक्षले २०६६ सालमा सडक निर्माण गर्दा चिनियाँ पक्ष मौन बसेको स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन्।
नाम्खा गाउँपालिका वडा नम्बर ४ र ६ का बासिन्दाहरुले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको, हुम्लावासी र चिनियाँ पक्षले व्यापार गर्ने स्थान परेको, चिनियाँ पक्षले सो भुमिमा चरिचरन गरेबापत कर तिर्ने गरेको लगायतको अवस्थालाई हेर्दा सो क्षेत्र नेपालकै हुनुपर्ने दावी स्थानीयको छ।
सिमकोटमा आयोजना गरिएको सर्वदलिय बैठकले सरकारलाई दलिय र सरकारी संरचनागत रुपमा पनि प्रविधिकसहितको विज्ञ टोली पठाउने निर्णय निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस