आज थप ४ जनाको मृत्यु ,१३५१ जनामा कोरोना सङ्क्रमण

फिल्को मिसन

सोमाबार १२,असोज २०७७

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा जागेश्वर गौतमले आज २ जना महिला र २ जना पुरुष गरि ४ जनाको कोरोनाबाट मृत्यु भएको बताउनुभयो ।
देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा गौतमले बताएअनुसार आज ७ सय ४२ संक्रमित कोरोनामुक्त भएका छन्।
आजको पिसिआर १० हजार ८० भएको उनले बताए। साथै हाल देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ संक्रमित छन्। हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका पनि उनले बताए।

 

प्रतिक्रिया दिनुहोस