विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० लाख नाघ्यो

एन्जेसी

सोमाबार १२,असोज २०७७

विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेहरुको सङ्ख्या १० लाख नाघेको छ ।
हाल सम्म कोरोनाका कारण विश्वभर १० लाख २ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण ३ करोड ३३ लाख ४२ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ४६ लाख ५६ हजार भने उपचार पछि स्वस्थ भएका छन् ।
कोरोनाका कारण अमेरिकामा सबैभन्दा धेरै ७३ लाख २१ हजार मानिस सङ्क्रमित भएका छन् भने २ लाख ९ हजार मानिसको मृत्यु भएको छ । यस्तै भारतमा ६० लाख ७८ हजार मानिस सङ्क्रमित भएका छन् ९५ हजार ६ सय जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४७ लाख मानिस भाइरसबाट सङ्क्रमित हुँदा १ लाख ४१ हजार मानिसहरुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस