हुम्लाका थप दुई जनामा कोरोना संक्रमण पुष्टी

सोमवार, १२, आश्विन २०७७
सिमकोट । हुम्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएको असोज ४ गते एक २२ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टी भएपछि उनको कण्ट्रयाक ट्रेसिङमा परेकाको पिसिआर परिक्षण गर्दा आज पोजेटिभ देखिएको हो ।
असोज ३ गते शनिबार बाँकेको नेपालगञ्ज मार्फत समिट एयरको उडानमा सिमकोट आएकी संक्रमित किशोरीसँग आएका दुई जना पुरुषमा संक्रमण पुष्टी भएको जन स्वास्थ्य कार्यालय हुम्लाका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले जानकारी दिए । “प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणको रिर्पोटमा आज ३५ वर्षिय र ३९ वर्षिय दुई जना पुरुषमा संक्रमण पुष्टी भएको छ,” सिंहले नेपालबोटसँग भने, “स्वाव संकलनको फारममा उहाँहरुको ठेगाना सिमकोट ५ उल्लेख गरिएको छ ।”
लामो समय संक्रमण नभएको हिमाली जिल्लामा हुम्लामा अब संक्रमितको संख्या चार पुगेको छ । यस अघि सर्केघाड ५ गोठीकी २२ वर्षिय किशोरीमा पहिलो पटक संक्रमण पुष्टी भएको थियो, भने केही दिन अघि १२ वर्षिय बालकमा नेपालगञ्जमै कोरोना संक्रमण पुष्टी भएको थियो ।
कोहलपुर शिक्षण अस्पताल परिक्षण केन्द्रमा स्वाव परिक्षण गर्दा संक्रमण देखिएको म्यासेज मोवाइलमा आउँदा समेत कसैलाई जानकारी नगरेर हवाइजहाज मार्फत सिमकोट आएर विभिन्न क्षेत्रमा गएपछि हुम्ला कोरोना संक्रमणको जोखिममा रहेको हो । चार गते हेलिकोप्टरबाट गोठी गएर बाजागाजा सहित घर पुगेकी ती स.क्रमित कशिोरीको सम्पर्कमा आएकाहरुको पहिलो चरणमा गरिएको ३६ वटा स्वाव मध्ये दुई जनाको आज रिर्पोट पोजेटिभ आएको हो ।
कष्ट्रयाक ट्रेसिङका आधार आइतबार र सोमबार गरेर थप दुई दर्जन बढीको स्वाव संकलन गरिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उनका अनुसार संक्रमित किशोरीसँग एउटै प्mाइटमा आएकी एक बालिका सहित २ जनाको आइतबार आरडिटी पोजेटिभ आएपछि उनीहरुको पनि आज पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको भएपनि रिर्पोट आउन केही दिन लाग्ने भएको छ ।
नेपाल बोट बाट साभार गरिएको