हुम्लाका २ वटा विद्यालयमा पठन पाठन

शुरेस परियार

मंगलबार १३, असोज २०७७
कोरोना कहरका कारण ठप्प भएको जिल्लाको शैक्षिक गतिविधि हिमाल पा्ीको गाउ पालिका नाम्खा ६ लिमिमा २ वटा बिधालय हाल संचालनमा रहेका छन । देश मा ७ महिनाको कोभिड सकस भयो तर हुम्लाको नाम्खा गाउपालिका ६ वडाका २ बिधालयले शैक्षिक गतिविधि नियमित भएको हो ।
जिल्लामा रहेका ७ स्थानीय तहले आफनो–आफनो तरिकारले विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने निर्णय गरिएको भएतापनि चिन संग सिमा जोडिएको नाम्खा गाउ पालिकाको लिमीले भने शैक्षिक गतिविधि नियमित गरेको हो ।
जिल्लामा रहेका सातवटा स्थानीय तहका ४४ वटा वडा मध्ये एक मात्र वडा हो नाम्खा गाउपालिका ६ वडा आफु अन्तरगत विद्यालयमा पठनपाठन नियमीत गरिसकेका छन् । भने हुम्लाका अन्ने ४३ वटा वडाले विद्यालय सञ्चालनको गर्ने नगर्ने मा अन्नेउलमा रहेका छन् ।
सरकारले विद्यार्थी सिकाइ निर्देशिका–२०७७ जारी गरीयको भएता पनि हुम्लामा बिधुत र इन्टर नेटको पहुज नभएको कारण विद्यालय सञ्चालनमा सहज नभएको हो । तैपानि सरकारले जारी गरेको सिकाइ निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र यसको तयारीमा जुटेको सुनखानी प्राबी हल्जी प्रधान ध्यापक कर्ण बुढाको भनाई छ ।
नाम्खा गाउपालिकाको लिमिमा ३ वटा गाउ रहेको र जाँहा मानिसहरुको आवत जावतमा निकै कम रहेकाले नाम्खा गाउँ पालिका वडा नं ६ लिमीका २ वटा विद्यालयमा हाल पठन पाठन भई रहेको छ । पठनपाठन सञ्चालन गरिएका विद्यालयहरुमा अनुगमन, सुझाव संकलन लगायतका गतिविधि भइरहेका पालिका शिक्षा इकाइ प्रमुख खेम शाहीले बताउनु भएको छ ।
हिमाल पारीको गाउँ भनि चिनिएको लिमिमा कोरोना त्रासका देश नै बन्दा वन्दीका भएका वेला मानिसहरुको आवत जावतमा निकै कम हुने भएको कारण पठन पाठन भएका २ विधालयमा पठन पाठन जारी रहेको वडा अध्यक्ष पाल्जोर तामाङले बताउनु भयो ।
हुम्ला जिल्ला नाम्खा गाउँपालिकाले भदौ २४ गतेवाट विद्यालय बन्द गर्ने निर्णय गरे पनि लिमी ६ का दुई वटा विद्यालयमा पठन पाठन जारी रहेको छ । यसरी कोरोना त्रासका बेला पनि पठन पाठन हुने बिद्यालवमा सुनखानी प्राबी हल्जी र भृकटी प्रावी जाङ रहेका छन् ।
हाल संचालनमा रहेका विद्यालयमा सरकारी दरवन्दीका शिक्षक भन्दा पनि नीजि श्रोतको शिक्षकहरु भएको कारण पठन पाठन जारी रहेको वडा ६ मा बिद्यालय सञ्चालन भएसँगै मापदण्ड लागु गरिएको छ कि छैन, अवस्था कस्तो छ ? भनेर अनुगमन समेत गर्दै आएको अध्यक्ष पाल्जोर तामाङले बताएका छन् ।
एउटा कक्षामा २० जना भन्दा बढी विद्यार्थी भएमा सिफ्टका आधारमा पठनपाठन गर्नुपर्ने मापदण्ड बनाएर विद्यालयहरु सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार विद्यालयमा २० देखि ५० जना विद्यार्थीहरु उपस्थित हुने गरेको हुदा सिफ्ट,कुनै समस्या नहुने बताउको विद्यालयहरुमा हाल परिक्षा चली रहेको छ ।
                                                                             ७ स्थानीय तह तयारीमा
ताजाँकोट गाउँकार्य पालिकाको निर्णयले लामो समय देखी बिद्यालय बन्द भए बिद्यार्थीहरुको पठनपाठन बन्द रहेकाले १८ गतेबाट गाउँपालिकामा रहेका सबै बिद्यालयहरु बाट पठनपाठन सुरु गर्ने निर्णय भएको ताजाँकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिसाल ढकाललले जानकारी दिनुभयो ।
ढकालका अनुसार कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले लकडाउनका कारण बन्द भएका बिद्यालय आगामी असोज १८ गतेबाट सञ्चालन गर्ने निर्णय भएको छ । गाउँपालिकाले बाहिर रहेका शिक्षकलाई असोज १६ गतेसम्म पिसिआर चेकजाँच गरी गाउँपालिकामा पुग्नु पर्ने निर्देशन दिदैं विद्यालय सञ्चालनको व्यवस्था मिलाउन गाउँपालिकाले निर्देशन दिएको छ ।
जिल्लाका ७ वटा स्थानीय पालिकाहरु रहेको हुलामा नियमित विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । विद्यालय सञ्चालनका लागि ताँजकोट ,नाम्खा गाउँपालिका तयारीमा छन् । आवश्यक प्रकृया पुरा भएलगत्तै नियमितरुपमा विद्यालय सञ्चालन गर्ने उनीहरुको तयारी छ ।
विद्यालय कुन–कुन मापदण्ड अनुसार कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यालयहरुले पेश गरेका कार्यविधि र योजनामा छलफल गरेर विद्यालयमा पठनपाठन सुरु गरिने गाउपालिका स्रोतको भनाई छ । विद्यालय र अभिभावकहरुको छलफल र समन्वयमा विद्यालय सञ्चालनको तयारी भइरहेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।
जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउपालिकामा भने विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्नेबारे विद्यालयहरुबाट समयमै निर्णय नआएकाले विद्यालय सञ्चालन नभएको सिमकोट गाउँपालिकाले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस