नेपालमा थप १५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

फिल्को मिसन

मंगलबार १३, असोज २०७७
काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित जानकारीका क्रममा आज प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी दिनुभयो । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् भने हालसम्म कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।
सैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित २० हजार ३ सय ९६ जना छन् भने ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस