कोरोना भाईरसको संक्रमणकै कारण नियमित खोप कार्यक्रम हुम्लामा प्रभावित

फिल्को मिसन

बुधबार १३, असोज २०७७

हुम्लाका । जिल्ला स्वास्य कार्यलय हुम्लाले नियमित खोप कार्याक्रम अनिश्चत कालको लागि बन्द गरिएको छ । बिश्व माहामरीको रुपमा फैलदै गएको कोरोना भाईरसको संक्रमणबाट रोक्न सरकारले लागु गरेको लकडाउनका कारण हुम्लामा नियमति खोप कार्यक्रम प्रभावित भएको छ । हुम्लामा पछिल्लो चरणमा सिमकोटमा २जानलाई कोराना पोजेटिभ देखिए पछि खोप कार्यक्रम रोकिदा बालबालीका खोपबाट वञ्चित वनेका छन ।जिल्ल अस्पतालहरुमा आकस्मीक सेवा बाहेकका सवै ठप्प बनेपछि गर्भवती महिला तथा बालबालिकाहरु लाई लगाईने नियमति खोप बन्द हुदाँ समस्या भएको जिल्ला स्वस्थ हुम्लाकी सिनीयर अनमि सरिता बाहराले बताउनु भएको छ।
जन्मे देखी ५ बर्ष मुनिका बाललिकाका लागि लगाउने नियमित १५ गते खोप अबको अर्काे सुचना नहुनजेल सम्मको लागि बन्द गरिएको जिल्ला स्वस्थ हुम्लाकी सिनीयर अनमि बाहराले बताइन् ।
सात गाउपालिकाका सबै स्वास्थ केन्द्र हरुला लगाईने खोप जिल्लामा कोरनाको कारणले बन्द गर्नु परेको अनमि बोहोराले बताए ।
जिल्लाको मुटु जिल्ला सदसमुकाम सिमकोटमा कोरना कोभिड १९को पोजेटिबका बिरामी बडै संगै जिल्ला स्वास्य कार्यलय हुम्लाले इमरजेन्सी सेवा बाहेक सबै सेवा हरु बन्न गरेको छ ।
हुम्लामा करिब ३ हजार भन्दा बढी बालबालिकाले नियमित खोप लगाउन पाएका छैनन । सामाजीक दुरी कायम राख्न, खोपको सुरक्षित भण्डारण र जिल्ला भर रहेका ७९वटा खोप केन्द्रमा ढुवानी गर्नको लागि समस्या भएकाले खोप कार्यक्रम बन्द गर्नु परेको स्वास्थ्य कार्यालय हुम्लाका स्वास्थ कार्यालयका  स्वाथ्यकर्मी मन बहादुर रोकायाले जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पोलियो, दादुरा, निमोनिया, जापानीज इन्सेफ्लाइटिस लगायत रोगको विरुद्ध ११ प्रकारका खोपहरु बालबालीका हरुलाई लगाउँदै आएको छ । बालबालीकाहरु स्वास्थ र पुर्ण जिवन जिउने खोप कायक्रम कुनै बाहाना रोक्न नहुने भए पनी कोरोना त्रासका कारण रोकीदा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस