बलत्कार गरेको आरोपमा कपाल मुन्डन गरी दिशा खुवाउने लाई प्रहरीको नियन्त्रणमा

फिल्को मिसन

शुक्रबार १६,असोज २०७७
हुम्ल सिमकोट गाउँपालिका ७ डाँडाफया स्थानीयले बलत्कार गरेको आरोपमा कपाल मुन्डन गरी दिशा खुवाएको बिषय लाई लिएर प्रहरीले पक्राउ गरेको छ ।
वडा सात निवासी २६ गाधीराज शाही र भाउजू नाता पर्ने २३ वर्षिय शाही थरिकीले यौन सम्पर्क राखेको भन्दै श्रीमान सहित ओखरेन गाउँका स्थानिय सबै मिलेर दुबैजनालाई मुखमा दिशा खुवाउनुको साथै कपाल काटेर,जुताकोमाल लगाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ।
घटनामा संलग्न रहेका आफन्त जनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय हुम्लामा प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले  बताउनु भयो । देवरभाउजु नाता पर्ने दुबैजनाले अनैतिक सम्बन्ध राखेको भन्दै गाउँले सबै मिलेर सामाजिक अपराध कार्य गरेको बताईएको छ ।
आफुहरुले एक आपासमा मोबाईल फोन साटासाट गरेको विषयलाई लिएर गाउँले सबै मिलेर कपाल काट्नुका साथै निर्घात कुटपिट गरेको २६ वर्षिय शाही थरिकीले बताउनुभयो । उनका अनुसार आफुहरु झण्डै एक महिना देखि फोन सम्पर्कमा रहेको भएता पनि १५ गते राति यौन सम्पर्कमा नरहेको भएपनि गाउँले सबै मिलेर कुटेका हुन् ।
बिहिबार राति दुबै जनाले यौन सम्बन्ध राखेको भन्दै शुक्रबार दिनभर दुबैजनालाई जुताको माला लगाएर गाउँ घुमाउनुको साथै प्रहरी नपुग्दा सम्म कुटपिट गरेको उनिहरुले दुबैजनाले बताएका छन् ।
गाउँले सबै आएर कुट्दा आफ्नै ज्यान भन्दापनि आफ्नै २वर्षको छोरी र ४ वर्षको छोराको भएको बताइन । उनले जुत्ताको माला लगाएर गाउँभर डुलाएको पिडा बताइन् । पाण्डीबी शाहीका अनुसार आफू आफन्त नेत्र नाम गरेको घरमा सुतेको , श्रीमान लेख तिर गएको तर राति २ बजे तिर आएर श्रीमान सँगै सुतेको बताइन । बिहिबार साँझ देवर नाता पर्ने पुरुष सँग घर नजिकैबाटोमा मोबाइल चलाउने क्रममा मोबाइल साटियको रहेछ, बिहान थाहा भयो त्यहि विषयलाई लिएर आफुहरुलाई गाउँका सबैले कुटपपट गरे बताइन । श्रीमानले कपाल काट्यो, बाटोमा भएको दिशा खुवायो । पुरुष र महिला दुबै जनाको कपाल काट्नुका साथै निधार, हात, र तल्लो शरिरमा निर्धात कुटपिट गरेको देखिएको छ ।
उता श्रीमान गाउँहरुले ती दुबै जनाले अनैतिक काम गरे यौन सम्बन्ध राखेर रंगेहात भेटाएको बताएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुबेदिले जानकारि दिनुभयो । गाउँहरुले आफुहरुले कपाल काटेको, कुटपपट गरेको तर दिशा नखुवाएको , जुत्ताको माला लगाएको गाउँे बताउदै आएका छन् ।
उनिहरु दुबैजनाले नैतिक व्यवहार गरेको भयपनि उनिहरु माथि कुटपिट गर्ने, कपाल काट्ने, दिशा खुवाउनमा संलग्न हुने, श्रीमान सहित ८ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस