विप्लव समूहका हुम्लामा सेक्रेटरी बुढा (निमार्ण) पक्राउ

फिल्को मिसन

२०७७ असोज २२ गते
हुम्ला । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हुम्लाका जिल्ला सेक्रेटरी कुम्भ बुढा (निमार्ण) लाई प्रहरीले पक्राउ परेका छन् ।
जिल्लाको ताँजाकोट– ५ डुग्रीबाट गएराति आफ्नै घरबाट बुढा पक्राउ परेका हुन् । पछिल्लो समय हुम्ला लगायत देशका विभिन्न स्थानमा आफ्ना गतिविधि निष्क्रिय भएको अवस्थामा हुम्लाको ताँजोकाट– ५ डुग्रीबाट राति तीन बजे प्रहरीको टोलीले गिरफ्तार गरेको परिवारले जानकारी दिए । नेकपा विप्लव समुह भेरी कर्णाली सदस्य तथा जिल्ला सेक्रेटरी बुढाको गिरफ्तार बुढाको जिउज्यानको सुरक्षाको लागि मानवअधिकारकर्मी र सञ्चारकर्मीहरूलाई अनुरोध गरेको छ ।
सेक्रेटरी बुढालाई मंगलवार राती तिन बजे तिर ताँजोकोट– ५ डुग्रीस्थित आफ्नै घरबाट पक्राउ गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट भेरी कर्णाली पार्टीका ब्युरो इन्चार्ज रवीले सरकारद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेता तथा कार्यकर्तालाई विनासर्त रिहाइ गर्न माग गरेको छ ।
कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै पार्टीले कारबाही स्थगन गरेको तर सरकारले भने आतंक र हिंसा मच्चाएको विप्लवले आरोप लगाएका छन् । यसविरुद्ध लड्न सबैमा अपिलसमेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गल्बाबाट संयुक्त गस्ती टोलीले बुढालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी उपरीक्षक सुर्य सुवेदीले जानकारी दिए ।पक्राउ परेका सेक्रेटरी सेक्रेटरी बुढालाई लाई जिल्ला प्रहरी कार्यालय सिमकोटमा लगिएको छ ।उनीमाथि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस