हुम्लाका सातस्थानीय तहको कोरोना नियन्त्रणमा पाँच करोड खर्च

बिहिबार २२, आश्विन २०७७
हुम्ला । जिल्लाका सात वटा स्थानीय तहले कोभिड १९ रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा हालसम्म करिब ५करोड करोड खर्च गरेका छन् ।
कोरोना नियन्त्रण र राहात वितरणमा हुम्लाका सबै पालिकाले ४ करोड ६७ लाख ६८ हजार ९ सय ३ रूपैया खर्च २०७६ चैत्र देखि श्रावण सम्म खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।
प्रत्येक गाउँपालिकाले सालाखाल ५५ लाख रकम खर्च गरेका छन भने कर्नाली प्रेदश सरकारले प्रति गाउँपालिका १५ लाखका दरले बजेट उपलब्ध गराएको थियो ।
कोभिड–१९को रोकथाम तथा न्यूनीकरणका लागि अदानचुली गाउँपालिकाले ६० लाख, खार्पुनाथ गाउँपालिकाले ५४ लाख, चंखेली गाउँपालिकाले ४३ लाख, ताँजाकोट गाउँपालिकाले ५८ लाख, नाम्खा गाउँपालिकाले ३१ लाख, सर्केगाड गाउँपालिकाले ४८ लाख र सिमकोट गाउँपालिकाले ८७ लाख गरी ३ करोड ८१ लाख गाउँपालिकाको आन्तरिक बजेटबाट खर्च गरेका छन । भने प्रत्येक गाउँपालिकाले दामासाहीका हिसाबले प्रदेश बाट पाएको १५ लाख गरी १ करोड ५ लाख गरी ४ करोड ८६ लाख खर्च गरेको जानकारी हुम्लाका सात गाउँपालिकाका लेख अधिकृतबाट प्राप्त भएको छ ।
खार्पुनाथ गाउँपालिकाले गत आ.व. २०७६।०७७ मा कोभिड–१९का लागि खर्च भएको ५४ लाखमध्ये ३३ लाख भुक्तानी गरेर बाँकी रहेको २१ लाख योे चालु आ।व।मा भुक्तानी दिने तयारीमा रहेको खार्पुनाथ गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले बताएका छन ।
नाम्खा गाउँपालिकाको कुल खर्च ४६ लाख भएको छ भने जसमा प्रदेशबाट प्राप्त १५ लाख र गाउँपालिको ३१ लाख भएको थियो । जसमा उक्त गाउँपालिकाले २५ लाख भुक्तानी गरे पनि ६ यो चालु आ.व.मा भुक्तानी गरिने लेखा अधिकृत अश्विनी देवकोटाले जानकारी बताए ।