हुम्लाको ताँजकोटमा कार्यरत शिक्षकलाई कोरोना पृष्टि

फिल्को मिसन

आइतबार २५,असोज २०७७
हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकामा कार्यरत एक जना शिक्षकमा आइतबार कोरोनाको संक्रमण भएको छ। सुर्खेत जिल्ला बाट आएको ताँजकोट गाउँपालिका एक जना शिक्षक लाई कोरोनको संक्रमण पुष्टि भएको हो।
आइतबार थप १ जना शिक्षक गरि हुम्लामा ७ जना कोरोनको पोजिटीभ देखिएको छ । हुम्लाका ७जना गरि स्थाई ठेगान हुम्लामा भएका बाहिरी जिल्लामा ९ जना गरि १५जना लाई कोराना पोजिभटीभ जिल्ला स्वाथ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिहले बताए ।
कर्णाल प्रादेशिक अस्पताल विरन्द्रनगर सुर्खेत गरिएको परीक्षणमा शिक्षक कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ । सुर्खेत अस्पातले शिक्षकको स्वाव संकलन गरेपछि शिक्षक तलब बुझन हुम्लाको ताँजकोट गाँउपालिका आएको ३⁄४ दिनपछि आइतबार कोरोना पृष्टि भएको छ ।
कोरोना संक्रमण भएका शिक्षकको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । शिक्षक लाई होम आइसोलेसनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस