अनमी बोहराद्धारा एक लाख बढि औषधि सहयोग

फिल्को मिसन

आइतबार २५, असोज २०७७
हुम्ला । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्ला लाई सनिअर अनमी सरिता बोहराले औषधी सहयोग गरेको हो ।
किरण मेडिकल सञ्चालन गरेर औषधीको बिक्री बितरण गर्दै आएकी बोहराले सो औषधि हस्तान्तरण गर्नुभयो । अनमी बोहराले औषधी कार्यालयको चिकित्सा विभाग लाई निःशुल्क रुपमा उपलव्ध गराएका हुन।
उहाँले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिएका अवस्थामा किरण मेडिकले सामाजिक दायित्व अन्तर्गत सहयोग गरेको अनमी बोहराले जानकारी दिनुभयो । एक लाख पचास हजार भन्दा बढी मुल्यका औषधीहरु स्वास्थ्य सेवा कार्यालयको चिकीत्सा विभागलाई निशुल्क रुपमाउपलव्ध गराइएको छ ।
औषधीलाई प्रयोगमा ल्याउन स्वास्थ्यकर्मीद्धारा यसो गरिएको हो । विभिन्न खाले रोगका पचास प्रकारका औषधीहरु अस्पतालको चिकीत्सा विभागलाई उपलव्ध गराएको बोहरालाई बताइन्। किरण मेडिकल सञ्चालन गरेर औषधीको बिक्री बितरण गर्दै आएकी बोहराले मेडिकल बन्द गरेपछि बचेको औषधी सबै चिकीत्सा विभागलाई दिएकी हुन ।
कोरोना अस्पताललाई थप व्यवस्थित बनाउँदै र जिल्लामा कोरोना संक्रमण भित्रन नदिन कडाइका साथ काम भइरहेको जिल्ला अष्पताल हुम्लाका प्रमुख प्रेम सिहंले बताउनु भयो ।
बिक्री गर्न सकिने अबस्था रहेपछि उनले सामाजिक सेवा भावले औषधी स्वास्थ्य सेवा कार्यालयको चिकीत्सा विभागलाई उपलव्ध गरिएको हो। जिल्ला अष्पातल हुम्लाका प्रमुख प्रेम सिंह, बिशेषत्र चिकीत्सक अमित विष्ट, चिकीत्सक नविन रोकायाको उपस्थितीमा उपलव्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस