वेवारिसे सडकमा राखिएका सल्लाको काठ बरामद

फिल्को मिसन

सोमबार २६असोज २०७७
हुम्ला । हुम्लाको खार्पुसडककै छेउमा वेवारिसे अबस्थामा राखिएका सल्लाका काठहरु बरामद गरिएको छ । खार्पुनाथ गाउँपालिका वडानं ५ अन्र्तगत खार्पुसडक खण्डमा २सय १ चिरुवा डेप र ४वटा कडी वन कार्यालय हुम्लाले बरामद गरेको हो ।
डिभिजन वन कार्यालयको गएको गस्ति टोलिले वेवारिसे अबस्थामा बरामद गरेको छ । सडक छेउमा लुकाइराखेको अवस्थामा काठ बरामद गरिएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत निरज झाले बताए । वेवारिसे अबस्थामा भेटिएका सल्लाका काठको बारेमा सुचाना निस्कीसकेपछि दाबि गर्ने आए भने नियम अनुसार सोधुपुछ गर्ने र नआएका वन कार्यलयमा रहेन डिभिजन वनका प्रमुख झाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस