सीमा नाका कात्तिक मसान्तसम्म बन्दगर्ने सरकारको निर्णय

सोमबार २६ असोज २०७७
काठमाण्डौ ।सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै यस्तो निर्णय गरेको हो । जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरिएको हो ।
भारतततर्फ आवतजावतका लागि अहिले जस्तै १० वटा नाका मात्र खुला राख्ने र अन्य नाकाहरु बन्द नै गर्ने निर्णय भएको छ । झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर, रौतहटको गौर, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी मात्र भारततर्फ आवतजातका लागि खुला रहेका छन् ।