कर्णालीमा अविश्वास प्रकरण : मुख्यमन्त्रीले हटाए संसदीय दलका प्रमुख सचेतक

मंगबार २७,असोज २०७७
सुर्खेत। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नयाँ मोड लिएको छ । मुख्यमन्त्री शाहीले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका हुन् ।
यसअघि प्रदेशसभाका सत्तारुढ दलकै १८ जना सांसदले मुख्यमन्त्रीविरुद्ध पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएलगत्तै प्रमुख सचेतक शाहले २७ गतेका लागि बैठक बोलाएका थिए ।
मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारीमा रहेर चित्तबुझ्दो काम नगरेको भन्दै शाहलाई जिम्मेवारीबाट हटाएको बताएका छन् । यससँगै कर्णालीमा देखिएको नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।