कर्णाली प्रतिष्ठानमा डीन नियुक्त गरेपछि विरोध

बुधबार २८,असोज २०७७
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित रुपमा डीन नियुक्त गरेको भन्दै चर्को विरोध हुन गरेका छन ।यसअघि प्रतिष्ठानमा नर्सिङ डीनका रुपमा सरस्वती गौतम भट्टराई र मेडिसिन डीनका रुपमा रेशमराज राना नियुक्त भइसकेका छन्। सोमबार मात्रै जनस्वास्थ्य संकायको डीन भन्दै मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि चर्को विरोध भएको हो। अनियमित ढंगबाट काठमाडौं सम्पर्क कार्यालयबाटै डीन नियुक्त गरेकाले पछिल्ला नियुक्ति तत्काल खारेज गर्न प्रतिष्ठानभित्रको कर्मचारी कल्याणकारी समाजले माग गरेको छ। नियुक्ति तत्काल खारेज गर्न माग गर्दै उपकुलपतिलाई प्रतिष्ठानप्रति संवेदनशील बन्न समेत आग्रह गरिएको छ।
केन्द्रीय कार्यालयमा आएर उपकुलपति वाग्लेले काम गर्नुपर्छ। २४ घण्टाभित्र अनियमित रुपमा गरिएको डीन नियुक्त सच्याउन आग्रह गरे। २४ घण्टाभित्र प्रतिष्ठानप्रति उपकुलपति जिम्मेवार नभएको खण्डमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र उपकुलपतिहरूको सामुहिक मागिने उनले बताएका छन्।